महासंघ निर्वाचन : १४ सय मत गणना हुँदा संघईले पाए ५२४ मत, अञ्जन र उमेशलालको कति ?
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको मत गणना जारी छ । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिस्पर्धी छन् ।
हालसम्म एक हजार चार सय मत गणना भएको छ । पछिल्लो अपडेटअनुसार रामचन्द्र संघईले ५२४ मत पाएर अघि लागेका छन् । त्यस्तै अञ्जन श्रेष्ठले ४८३ मत पाएका छन् । उमेशलाल श्रेष्ठले ४५२ मत पाएका छन् ।
निर्वाचनमा एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । रामचन्द्र संघई समूहका श्रेष्ठले ८४६ मत पाएर विजयी भएकी हुन् ।
श्रेष्ठका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत पाएका छन् ।
त्यस्तै वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठ समूहका ढकालले ६१ मत पाएर विजयी भएका हुन् ।
ढकालका प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत पाए भने अर्का प्रतिस्पर्धी सुकुन्तलाल हिराचनले ७ मत ल्याएका थिए ।
त्यसैगरी जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । रामचन्द्र संघई समूहका वैद्यले ४३ मत ल्याएर जिल्ला नगरतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
वैद्यका प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ मत पाएका थिए । त्यस्तै अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत ल्याएका थिए । सुमार्गी अन्जन श्रेष्ठ समूहका हुन् भने श्रेष्ठ उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया