पिज्जा पारखीलाई लक्षित गर्दै खुलेको ‘हिमालयन टेकवे’, युरोपमासमेत आउटलेट विस्तारको योजना
काठमाडाैं । नेपाली उपभोक्तालाई विदेशी स्वादको पिज्जा चखाउने लक्ष्यसहित स्थापना भएको ‘हिमालयन टेकवे’ले आफ्नो सञ्जाल बढाउन थालेको छ । ३ वर्षअघि काठमाडौंको स्वयम्भूमा खुलेको टेकवेको हाल उपत्यकामा नै ३ वटा फ्रेन्चाइजी पुगिसकेको छ ।
३ वर्षसम्म जर्मनीमा अध्ययनसँगै सीप सिकेर आएका नवाङ्ग शेर्पाले ३ वर्षअघि ३० लाख रुपैयाँको लगानीमा ‘हिमालयन टेकवे’ सुरु गरेका थिए । सधैँजसो हतारमा रहने उपत्यकावासीलाई लक्षित गर्दै स्थापना भएको हिमालयन टेकवे ठमेल र बुढानिलकण्ठमा समेत खुलिसकेको छ । टेकवेले विदेशी पर्यटकलाई लक्षित गरेर ठमेलामा समेत फ्रेन्चाइजी सञ्चालनमा ल्याएको हो ।
उपत्यकाकै ३ स्थानमा (स्वयम्भूसहित) फ्रेन्चाइजी खोल्दा कूल लगानी १ करोड रुपैयाँ पुगिसकेको संस्थापक शेर्पा बताउँछन् । यस्तै, हाल हिमालयन टेकवेले ४० जनालाई रोजगारी समेत दिएको छ । ‘आगामी दिनमा काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा फ्रेन्चाइजी खोल्ने योजना छ,’ शेर्पा भन्छन्, ‘नेपालीहरुलाई विदेशी स्वादको खाना चखाउने मन छ ।’
‘खानाका पारखीहरुसँग धेरै लामो समय बिताउने समय नै छैन । यही भएर उपभोक्ताको चाहनाअनुसार नै टेकवे सञ्चालनमा आएको हो,’ शेर्पाले भने, ‘इटालीयन फूड पिज्जालाई उपभोक्ताको मागअनुसार स्वदेशी स्वादमा ढाल्ने प्रयास समेत गरेका छौं।’ सुरुमा शेर्पा र उनका साथी विशाल वैजु समेत छन् ।
यस्तै, शेर्पा र विशालबाट सुरु भएको टेकवेले यतिबेला ‘टिम वर्क इस ड्रिम वर्क’ भन्ने स्लोगन पछ्याउँदै थप साथी थपेको छ । यतिबेला टिममा कल्यान बुढाथोकी, अर्जुन बस्नेत, ज्याक गुरुङ, निमा शेर्पा र आवाज कार्की समेत थपिएका छन् । टेकवेलाई आगामी केही वर्षमा उपत्यकाका अन्य स्थानसहित पोखरा, चितवन, बुटवल, हेटौडा लगायतका मुख्य शहरमा विस्तार गर्ने योजना अघि बढाएको छ । यस्तै, दिर्घकालमा युरोप र अमेरिकामा समेत आउटलेट खोल्ने योजना कम्पनीले बनाएको छ।
यस्तै, यही वर्षदेखि पिज्जाबारे तालिम दिन ‘पिज्जा स्कुल’ सञ्चालनमा ल्याउने योजनासमेत अघि बढेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया