अर्थ / बाणिज्य

डढेलोले काठमाडौँमा वायु प्रदूषण बढ्याे

इकागज |
बैशाख ४, २०८० सोमबार १९:१९ बजे

काठमाडौँ- केही दिनदेखि काठमाडौँको मौसम धुम्मिएको छ । उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छवाली बालेको धुँवा काठमाडौँ छिर्दा त्यसको प्रभाव काठमाडौँको आकाशमा देखिएको हो ।

यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायु प्रदूषणसमेत बढाएको छ । वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौँको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ ।


स्वीट्जरल्याण्डस्थित हावाको हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ ।


Author

थप समाचार
x