फास्ट ट्र्याकमा कामको रफ्तार बढाउन प्रधानमन्त्रीकाे निर्देशन
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय राजधानीबाट तराई जोड्ने द्रुतमार्ग (फास्टट्रयाक) को निरीक्षण गरेका छन् ।
प्रम दाहालले ३ मन्त्रीसहित द्रुतमार्गको निरीक्षण गरेका हुन्। संघीय राजधानीबाट तराईलाई जोड्ने फास्टट्र्याक निर्माण स्थलको अवलोकनका क्रममा प्रम दाहालले कामको रफ्तार बढाउन निर्देशन दिएका छन् । निरीक्षणका क्रममा बोल्दै प्रचण्डले द्रुतमार्ग निर्माणको काम सन्तोषजनक भएको बताए ।
काठमाण्डौंबाट मकवानपुरको बुदुनेमा नेपाली सेनाको हेलिकोप्टरमार्फत आईपुगेका प्रचण्डले द्रुतमार्गको काम सन्तोषजनक भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित द्रुतमार्गको निरीक्षणका लागि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडका, अर्थ मन्त्री प्रकाश शरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सहितको टोलीले निरीक्षण गरेको हो ।
यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान पनि द्रुतमार्ग निरीक्षण कार्यक्रममा पुगेका थिए ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत दाहालले आज भीमफेदी गाउँपालिका–८ महादेवटारमा फाष्ट ट्रयाक अन्तरर्गत बनिरहेको सुरुङ मार्ग, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ मा निर्माण भइरहेको सुरुङ मार्ग र बकैया–५ पावस र रानीवन खर्कटेमा बकैया खोलामाथिको निर्माण कार्य भइरहेको पुलको स्थलगत अनुगमन गरे ।
अनुगमनका क्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, सुरक्षानिकायका प्रमुखहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय योजना अन्तर्गतको फास्ट ट्रयाक २०७४ बैशाख २१ देखि नेपाली सेनाको जिम्मेवारीमा निर्माण भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया