अर्थ / बाणिज्य

३५ करोड लागतकाे चोभार कोल्ड स्टोर सञ्चालनमा

इकागज |
बैशाख ७, २०८० बिहीबार १२:२६ बजे

काठमाडौं–कृषिजन्य वस्तुहरुको सुरक्षित भण्डारणका लागि ३५ करोड लागतमा कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । चोभार कोल्ड स्टोर कम्पनी प्रालिले स्टोल सञ्चालनमा ल्याएको हो ।

सुरक्षित भण्डारका साथै बजारीकरण र स्वदेशी उत्पादनलाई टेवा पुर्‍याउने उद्धेश्यका साथ कोल्ड स्टोर सञ्चलनमा ल्याइएको जनाइएको छ । पच्चीस सय मेट्रिक टन क्षमताको यो शित भण्डार टौदह, खहरे काठमाडौँमा अवस्थित रहेको छ ।


उद्यमी कृष्ण भक्त श्रेष्ठ र सुशील सिंघलले ३५ करोडको लागतमा सो कोल्ड स्टोर सञ्चालनमा ल्याएका हुन् । व्यवसायी श्रेष्ठका अनुसार स्थानीय कृषकहरुलाई सेवा पुर्‍याउने हेतूले यस स्थानलाई छनौट गरिएको उनले बताए।
 


Author

थप समाचार
x