नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी खरिद गर्दा लिएको झण्डै ३ अर्ब ऋण बुझायो
फाइल तस्बिर
काठमाडौँ- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि दुई न्यारोबडी र वाइडबडी खरिद गर्दा लिएको ऋण तिरेको छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई चैत ३० गतेसम्म ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैया पैतालिस पैसा बुझाएको हो ।
निगमको व्यापार र नगद प्रवाहमा क्रमिक सुधार भएपछि किस्ताबापत गत चैत महिनाको ३० गते रकम बुझाएको हो ।
निगमले विभिन्न समयमा गरी हालसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय चौवालिस रुपैयाँ रकम भुक्तानी गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
'कोभिड-१९ को महामारीले निगमको व्यापारमा समेत प्रतिकूल असर परेको थियो,’ उनले भनेका छन्,’ महामारीभरको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न भनिएको छ।‘
किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरिएको पौडेलले बताए । ‘यस विषयमा छलफल समेत गरिरहेका छौ,’ उनले अगाडि थपे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया