'हेलिकप्टरमा कोभिड संक्रमित बोक्दा बिचौलियालाई सम्पर्क गरेर काम नगर्नू'
काठमाडौँ : नागरिक उड्डयन प्राधिकरणले कोभिड संक्रमित बोक्दा हेलिकप्टर कम्पनीलाई अतिरिक्त शुल्क नलिन र बिचौलिया मार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्न आग्रह गरेको छ । कोभिड महामारीको समयमा प्राधिकरणले प्रतिघण्टा भाँडादरमा समेत सहुलियत प्रदान गरेकाले अन्य शुल्क नलिनलाई पनि पुनः निर्देशन दिएको हो ।
संक्रमित यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीहरूको स्वास्थ्य जोखिम बापत थप अतिरिक्त शुल्क सम्बन्धित हेलिकप्टरल लिएको प्राधिकरणले आपत्ति जनाएको हो ।
प्राधिकरणका उमहानिर्देशकले भोलाप्रसाद गुरागाईंले संक्रमित यात्रु बोक्दा लिने अतिरिक्त शुल्क कम गर्न निर्देशन दिएका छन् । उडानमा बिचौलिया मार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई कर्मचारीको सम्पर्क नम्बर सार्वजनिक गर्नलाई उनले आग्रह गरे ।
पछिल्लो समय कोभिडको नयाँ भेरियन्टसहितको संक्रमण देखा परेपछि नियमित आन्तरिक उडान बन्द गरेपछि बिरामी तथा संक्रमितको ओसारपसार अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीले बढी भाडा लिएको विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि उनले आपत्ति जनाएका हुन् ।
प्राधिकरणले बिरामी बोक्दाको भाडादर पनि तोकेको छ
यस्तो छ प्राधिकरणको विज्ञप्ति
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया