सिँजा सभ्यतासँगै जुम्ला विमानस्थल स्तरोन्नति हुने
सुर्खेत । कर्णाली प्रदेशको जुम्ला विमानस्थलसँगै सिँजा सभ्यताको विकासका लागि कामको सुरुवात हुने भएको छ । कर्णाली राजमार्ग भरपर्दो नहुँदा यहाँका सर्वसाधारणहरू समस्या भोगिरहेका समयमा जुम्ला विमानस्थललाई थप स्तरोन्नति गरि भरपर्दो बनाउका लागि कामको सुरुवात हुने प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ)ले बताइन् ।
अहिले सानो जहाज मात्र यहाँ अवतरण हुने गर्दछ। सानो जहाज आउने भएकाले यात्रुहरू मर्कामा परेको भन्दै ठूलो जहाज अवतरण गर्न विमानस्थलको स्तरोन्नतिको काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई जानकारी गराएको भन्दै प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामुले आउँदो बजेटमा यो कुरा मुख्य साथ आउने बताइन् ।
विमानस्थलको धावनमार्ग सानो हुँदा सानो जहाज आइरहेको र अब ठूलो क्षमताको जहाज अवतरण गर्न सोहीअनुसारको काम हुनुपर्ने भन्दै कामको सुरुवात गरिएको उनले बताइन् । मन्त्री किरातीले जुम्ला विमानस्थल विस्तार गरेर मानसरोवरलाई ध्यान दिएर पनि काम गर्नुपर्ने भएकोले कामको सुरुवात गर्न लागिएको बताए।
त्यस्तै कर्णालीमा अनलाइनबाट पनि टिकट लिन मिल्ने भएपछि यहाँका सर्वसाधारणहरू खुसी भएका छन् । पहुँचको भरमा टिकट पाइने कर्णालीमा प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामुकै पहलमा पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि अनलाइन टिकटको सुरुवात गरिएको थियो । नेपाली भाषाको उद्गम क्षेत्र जुम्लाको सिँजालाई विकास गर्नका लागि सिँजा सभ्यता र विकासका लागि सम्बन्धी पहिलो चरणमा संग्रालयलगायतका कामहरू हुन लागेका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामुले बताइन् ।
कर्णाली प्रदेशमा पेश भएको उक्त विधेयक तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीको असहयोगका कारण असफल भएको थियो । सिँजा सभ्यता र विकासका लागि संघीय सरकारको मन्त्रीपरिषदबाट समेत सम्बाेधन भएको प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामुुले बताइन् । अहिले सिँजामा संग्रालय लगाएतका कामहरू हुने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया