लक्ष्मी बैंकद्वारा ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति कोष’ को स्थापना
काठमाडौं – लक्ष्मी बैँकद्वारा ‘नेपाल प्रहरी – लक्ष्मी बैँक छात्रवृत्ति कोष’ को स्थापना भएको छ । लक्ष्मी बैँकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियान अन्तर्गत बैँक र नेपाल प्रहरी कल्याण कोष बीच २५ लाख रूपैँयाको ‘नेपाल प्रहरी – लक्ष्मी बैँक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको हो ।
बैँकले आगामी पाँच वर्षसम्म सात लाख ५० हजार रूपैँया बराबर को आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
बैँकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दीपेश अमात्य र नेपाल प्रहरीको तर्फ बाट नायब महानिरीक्षक केदार ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त हस्ताक्षर प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैँकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा भएको हो ।
सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरूमा अध्ययन रत अमर÷सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने छ ।
छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने र लक्ष्मी बैँकले आर्थिक सहयोग प्रदान गर्ने जानकारी प्राप्त भएको छ ।
उक्त पहलले लक्ष्मी बैँकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियानलाई अझ विस्तार गर्नुको साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा बैँक विश्वस्त रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया