फ्लाई दुबईको विमान काठमाडौँमा अवतरण भएन, सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान
काठमाडौँ- काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईकाे जहाजको एउटा इञ्जिन फेल भए पनि काठमाडौँमा अवतरण भएन ।
विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, विमानलाई धादिङकाे आकाशमा केहीबेर हाेल्ड गरेपछि विमानका पाइलटले दुबई नै जाने बताएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले इकागजलाई जानकारी दिए ।
अहिले त्रिभुवन विमानस्थलकाे अवस्था सामान्य भएकाे र विमान सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान गरिसकेको पनि उनले बताए । जहाज अहिले भारतकाे गुजारामा पुगेकाे बताइएकाे छ । दुवै इन्जिन नर्मल भनेर पाइलटले जानकारी गराएको विमानस्थलले भनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया