अर्थ / बाणिज्य

युनाइटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना पौडेल

इकागज |
मंसिर ३, २०७७ बुधबार १६:१३ बजे

काठमाडौं । युनाइटेड इन्स्यारेन्सको निमित्त सीईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । यसअघिका सीईओ रमेशकुमार भट्टराईको कार्यावधि कार्तिक २४ गते समाप्त भएपछि पौडेललाई निमित्त सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी यसअघि युनाइटेड इन्स्योरेन्सकै नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । यससँगै महिला सीईओहरुको सूचीमा उपासनाको नाम पनि थपिएको छ । 


बीमा क्षेत्रमा एक दशक लामो कार्यानुभव भएकी पौडेलले दिल्ली विश्वविद्यालयबाट मार्केटिङमा स्नातोकत्तर गरेकी हुन् । उनले भारतमा पनि भोडाफोन, भारती एक्सा जनरल इन्स्यारेन्स लगायत कम्पनीहरुमा काम गरेकी थिइन् । नेपाल आएपछि उनले सानिमा जनरल इन्स्यारेन्सको सहायक महाप्रबन्धक भएर दुई वर्ष काम गरिन् र एक वर्षअघि उनी युनाइटेडको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकी हुन् । 



Author

थप समाचार
x