अर्थ / बाणिज्य

१७.३६ अङ्कले बढ्याे नेप्से, शिवम् सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच

इकागज |
बैशाख १२, २०८० मंगलबार १५:५८ बजे

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ । 


यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर कारोबार हुँदा ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरी कालिञ्चोक दर्शन को ३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


यसैगरी मंगलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड ८ प्रतिशत र खप्तड वित्तीय संस्था ७.८५ प्रतिशतले बढेको छ । यी कम्पनीले सर्वाधिक कमाएका छन् । 
 


Author

थप समाचार
x