अर्थ / बाणिज्य

बसन्त चौधरीद्वारा वातावरण केन्द्रित इपेपर सर्भ्डप्लानेटको सुरुवात

इकागज |
बैशाख १३, २०८० बुधबार १३:१३ बजे

काठमाडौं– कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले सर्भ्डप्लानेट डट कम नामक वातावरण केन्द्रित इपेपर सुरु गरेका छन् । उक्त इपेपर पृथ्वी दिवसको दिन उद्घाटन गरिएको हो ।

इपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुका बारेका लेख तथा विश्लेषणलाई प्राथमिकताका साथ प्रकाशन गर्नेछ । यहाँ समेटिने लेख तथा विश्लेषणहरूमा विश्वव्यापी दृष्टिकोण पाइने विश्वास लिइएको छ ।

नेपालमा विविध व्यवसायिक प्रतिष्ठानहरूको ग्रुप बीएलसी होल्डिङ लिमीटेडको प्रमुख समेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावका सन्देश फैलाउने प्रयास गरेको छु ।


सर्भ्डप्लानेट डट कमका प्रकाशकको हैसियतमा चौधरीले इपेपर पृथ्वीको बिग्रँदै गएको अवस्थाबारे जनचेतना जगाउन प्रतिबद्ध रहेको बताए । ‘हाम्रा विचारहरू सरल र सरल भाषामा प्रस्तुत गरिनेछ जुन सबै उमेर र समूहहरूले सजिलै बुझ्नसक्ने हुनेछ । पृथ्वीको अस्तित्व र राम्रो स्वास्थ्यका लागि काम गर्नु सबैको दायित्व भएको उनले बताए । पृथ्वी बाँचे भने मात्र हामी बाँच्नेछौँ,’ उनले थपे।


Author

थप समाचार
x