अर्थ / बाणिज्य

कति छ सुन-चाँदीको भाउ ?

इकागज |
बैशाख १४, २०८० बिहीबार ११:५३ बजे

काठमाडौँ- सुनको भाउ नेपाली बजारमा घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 


यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 


Author

थप समाचार
x