Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

अर्थ / बाणिज्य

नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्न बाटो खुल्यो

इकागज |
बैशाख १४, २०८० बिहीबार १२:५६ बजे

काठमाडौँ- नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्न बाटो खुलेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै नेपालमा जडान वा उत्पादन भएका सवारी दर्ता सम्बन्धी व्यवस्था गरेको विभागले जनाएको छ । 


यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो ।

यो व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

यसैगरी नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।


 


Author

थप समाचार
x