अर्थ / बाणिज्य

काठमाडौँ महानगरले सिल गर्‍यो घरमा सञ्चालन भइरहेको पेट्रोल पम्प

इकागज |
बैशाख १४, २०८० बिहीबार १३:३३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । महानगरले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको पम्पमा सिल गरेको हो ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत फागुन १० मा महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।


बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले इकागजलाई जानकारी दिए । यसअघि महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरू हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दै आएको थियो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् । 


Author

थप समाचार
x