वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका खारेजीको माग
फाइल तस्बिर
काठमाडौँ- सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हित विपरीत रहेको भन्दै सरोकारवालाहरूले यो निर्देशिकाको खारेजीको माग गरेका हुन् ।
बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले सो निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हित विपरीत आएको बताएका छन् । विद्यार्थीहरूले आफ्नो इच्छा र आवश्यकता अनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने माग गरिएको छ ।
शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका आउनुपर्ने ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । निर्देशिका सही मनसायबाट नआएको उनको भनाइ छ ।
सरकारले जारी गरेको निर्देशिका शिक्षाको सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहेको समेत उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया