प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदानमा ५० प्रतिशत कटौती
काठमाडौँ- संघीय सरकारले प्रदेश र स्थानीय तहमा जाने आधारभूत अनुदानमै कटौती गरेको छ । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदान रकममा ५० प्रतिशत कटौती गरेको हो ।
बैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदान रकममा ५० प्रतिशत कटौती गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० मा हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम विनियोजन एेन २०७९ को दफा ४ को उपदफा ३ बमोजिम प्रदेशमा ९ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ मात्र हस्तान्तरण हुने भएको छ ।
त्यस्तै स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख रुपैयाँ हस्तान्तरण हुने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया