अर्थ / बाणिज्य

मिस नेपाल २०२३ का प्रतियोगीहरूद्वारा डाबर नेपाल नर्सरीमा भ्रमण

इकागज |
बैशाख १५, २०८० शुक्रबार १६:१५ बजे

काठमाडौं – डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु हिजो बनेपा स्थित डाबर नेपाल नर्सरी भ्रमणमा पुगेका थिए । भ्रमणमा प्रतियोगिहरूले विभित्र वातावरणीय समस्याहरू बुझ्न पाए । 
यस समस्याहरूलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए । डाबर वाटिका मिस नेपालका सहभागीहरूले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका थिए ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ ।’ 
‘डावरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भइसकेको र यसको ज्ञानबाट विश्व भर जडीबुटी, स्वास्थ्य, सौन्दर्य  र ब्राण्डहरूको उत्पादन र  बजारीकरण गर्दै आएको छ’, गोर्खालीले भने, ‘आजका युवाहरू भोलिका कर्णधार हुन् ।’ 
उनले प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुन कुरामा समेत विश्वस्त रहेको बताएका छन् । 
डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै ‘इको’ प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिएका थिए । 



Author

थप समाचार
x