Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

‘फ्रेसकेटिएम’को छैटौँ शाखा भैंसेपाटीमा विस्तार हुँदै, उद्घाटन भोलि

शुरज थपलिया |
बैशाख १५, २०८० शुक्रबार १६:२३ बजे

काठमाडौं– नेपाली भान्सामा स्वच्छ, स्वस्थ, गुणस्तरीय र पोषणयुक्त तरकारी पुर्‍याउने उद्देश्यले तीन वर्षअघि स्थापना भएको ‘फ्रेसकेटिएम एग्रो’ले आफ्नो छैटौँ आउटलेट ललितपुरको भैंसेपाटीमा खोल्ने भएको छ । हाल उपत्यकाका पाँच आउटलेटबाट सेवा दिँदै आइरहेको फ्रेसकेटिएम एग्रोले भोलि शनिबारदेखि भैंसेपाटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याउन लागेको हो ।

ताजा र स्वच्छ तरकारी भान्सामै पुर्‍याउन कम्पनीले हाल रातोपुल, गोल्फुटार, भैंसेपाटी, थसिखेल र झम्सीखेल गरि पाँच वटा आउटलेटबाट सेवा प्रदान गर्दै आएको छ । एग्राले अहिले पाँच हजार बढी किसानबाट पन्ध्र सय बढी विक्रेतालाई ताजा तरकारी, फलफूल तथा अन्य उपभोग्य सामग्री उपलब्ध गराउँदै आएको छ । उसले दैनिक २० टन तरकारी बेच्दै आइरहेको छ ।


एग्रोले काठमाडौं उपत्यकामा मात्र दैनिक १५ लाख केजी तरकारी देशका विभिन्न स्थानबाटबाट (हाल काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन, सर्लाही, रोल्पा, रुकुम र भोजपुर लगाएतका जिल्लाहरूबाट) किसानसँग सिधै खेतबारीबाटै खरिद गरि आफ्नै सवारी साधन मार्फत काठमाडौं गोदाममा ल्याएर खुद्रा व्यवसायसम्म पुर्‍याउँदै आएको छ । तरकारी, किसान र उपभोक्ताबीचको दूरी घटाई, बिचौलिया तथा दलाल हटाई एग्रोले आफ्नै कर्मचारी पठाई सस्तोमा ताजा र स्वच्छ तरकारी खाने वातावरण बनाएर सरकार तथा उपभोक्तालाई ठूलो राहत प्रदान गरेको छ ।

एग्रोमा सधैँ ताजा र स्वच्छ तरकारी तथा फलफूल पाइन्छ । दूग्ध उत्पादन, फ्रोजन मासुका आइटम, लोकल अण्डादेखि मर–मसला, ताजा जुस, मस्यौरा, कोदोको पिठो जस्ता विविध सर–सामानहरू सुपथ मूल्यमा स्टोरमा राखिएको छ । ‘बी टू बी’ सप्लाई चेनमा आधारित यो व्यवसायमा कम्पनीले किसानलाई प्राविधिक तथा वित्तीय सहायता दिने गरेको छ ।

कृषिलाई आधुनिकिकरण गर्दै एग्रोले प्रविधिको प्रयोग गरी योजना र उत्पादकत्वमा सुधार, भुक्तानीको स्थिरता र वित्तीय सुविधाका लागि कृषकलाई सेवा विस्तार गरेर कृषि पेशाप्रति आत्मनिर्भर बनाउँदै आएको छ ।


Author

थप समाचार
x