अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो

इकागज |
बैशाख १९, २०८० मंगलबार ११:२४ बजे

फाइल फोटो

काठमाडौं - सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।


यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि   सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो । 
 


Author

थप समाचार
x