अर्थ / बाणिज्य

मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने

इकागज |
बैशाख १९, २०८० मंगलबार १६:४६ बजे

काठमाडौँ- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भए पनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभइ २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ ।


गत आर्थिक वर्ष २०७८/७९ मा  ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालयको अनुमान छ । तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको बताए ।

उनले नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको बताए । उनले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिको अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम रहेको पनि उल्लेख गरे।

तथ्याङ्क बनाउँदा चालु आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रूपमा चल्ने र अर्थतन्त्रमा कुनै अफ्ठ्यारो नबनाउने किसिमले तयार बनाएको उनकाे भनाइ छ ।

भण्डारीले​ चालु आर्थिक वर्षमा जीडिपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको जिकिर गरे । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जीडिपी वृद्धि हुने अनुमान गरिएको भए पनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको छ । कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ । अन्य वर्षहरूको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ ।

उनले आर्थिक वृद्धिदर कम हुनुमा प्रमुख तीन क्षेत्र कृषि,निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम भएको कारण आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको बताए । उनले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको बताए ।

चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जीडिपीमा ६२.४ प्रतिशत,कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ ।


Author

थप समाचार
x