अर्थ / बाणिज्य

अमेरिकी रक्षा मन्त्रालयले दियो उच्च प्रवाही अक्सिजन थेरापी उपकरण

इकागज |
बैशाख २९, २०७८ बुधबार १५:४७ बजे

काठमाडौँ : अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई कोभिड–१९ का जटिल विरामीहरूको उपचारका लागि अतिरिक्त श्वासप्रश्वास उपकरण, उच्च प्रवाही (आइफ्लो) अक्सिजन थेरापी उपकरण लगायत सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री अमेरिकी रक्षा मन्त्रालयका प्रतिनिधिले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) लाई हस्तान्तरण गरेका हुन् । यसका अतिरिक्त अमेरिकी रक्षा मन्त्रालयले प्रदान गरेको स्वास्थ्य सामग्रीमा पीपीई सेट लगायत सामग्री पनि रहेको बताइएको छ ।

कोरोना भाइरस महामारी नियन्त्रण र उपचारका लागि अमेरिकाले नेपाललाई ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७० करोड रुपैयाँ) सहयोग गरेको छ । महामारी शुरु भएयता अमेरिकी सहयोग नियोग (युएसएड) ले ३ करोड ६८ लाख र अमेरिकी रक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ डिफेन्स) ले ३१ लाख अमेरिकी डलर सहयोग दिएको हो । 


युएसएडले कोभिड–१९ सहयोग यसका साझेदार कार्यान्वयन निकायमार्फत् ५५ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेको छ । समुदाय, नगर संघीय तहमा उपचार, उपकरण तथा सेवा प्रवाह सुधारमा युएसएडको सहयोग परिचालन भएको छ । युएसएडको सहयोगले १०० भेन्टिलेटर, १० हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तथा एचआईभी संक्रमितहरूको लागि एन्टीभाइरल औषधी वितरण गरिरहेको छ । 

 


Author

थप समाचार
x