दुर्घटना भएपछि सिम्रिक एअरका तीन वटै हेलिकोप्टर ग्राउन्ड्रेड
फाइल फोटो
काठमाडौँ - सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीन वटा हेलिकोप्टर ग्राउन्डेड गरेको हो ।
सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीन वटा हेलिकोप्टरलाई ग्राउन्डेड गराइएको हो । पछिल्लो एक महिनाको अवधिमा तीन वटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउन्डेड गराएको जनाएको छ । अब ती हेलिकोप्टर माथि सुरक्षा जाँच गरिने छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया