श्री एयरलाइन्सको '९एन–एएनइ' जहाज उडानमा प्रतिबन्ध
काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनःसोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।
जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।
याे पनि,
उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्कियो
Following the "Nose landing gear door open during taxi" incident at Dhangadhi Airport (May 6) and the same issue at Bhairahawa Airport (May 8), operation of Shree Airlines' 9N-ANE aircraft (DHC-8-402) has been suspended and concerned maintenance engineers have been off rostered. pic.twitter.com/ewJcSaxPoo
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) May 8, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया