अर्थ / बाणिज्य

प्रि बजेटका बारेमा आज अर्थमन्त्रीले जवाफ दिने

इकागज |
बैशाख २७, २०८० बुधबार ६:३६ बजे

फाइल फोटो

काठमाडौं  - आज प्रि बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेकाे निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।


गत वैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सांसदहरुले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।​

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।  गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बीचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरू यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।  


Author

थप समाचार
x