अर्थ / बाणिज्य

सुनको मूल्य बढ्याे

इकागज |
बैशाख २७, २०८० बुधबार ११:५३ बजे

फाइल फोटो

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। यसअघि मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 


यस्तै, अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। ​

त्यसैगरी, बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।


Author

थप समाचार
x