अर्थ / बाणिज्य

टेक्नोलोजी विकासलाई बढावा दिन निओटेरिक नेपाल र टेक स्टुडियोमा साझेदारीको घोषणा

इकागज |
बैशाख २७, २०८० बुधबार २०:५० बजे

काठमाडौं – टेक्नोलोजी विकासलाई बढावा दिन निओटेरिक नेपाल प्राइभेट लिमिटेड(प्रालि)  र टेक स्टुडियो प्रालिले नेपालमा साझेदारीको घोषणा भएको छ । नेपालको प्राविधिक विकासको समृद्ध भविष्यमा महत्वपूर्ण भूमिका खेल्नका लागि दुई कम्पनीहरूले साझेदारीको प्रस्ताव गरेका हुन् ।
साझेदारीको घोषणा यही मे ८ सोमबार गरिएको थियो । 
साझेदारीको स्वीकृतिसँगै नियोटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नयाँ संयुक्त उद्यम सिर्जना गर्न आपसी सम्झौता गरेको हो । सम्झौताअनुसार टेक स्टुडियो र निओटेरिक नेपाल लगातार स्मार्टवेयरेबल्स र सामान बजारको सफल विकासमा केन्द्रित हुने बताइएको छ । 
निओटेरिक नेपाल  बीचको नयाँ साझेदारीले निओटेरिक र टेक स्टुडियोद्वारा स्मार्टवेयरेबल्स र एसेसरिजमा व्यापारको विकासमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । 
टेक स्टुडियोका प्रमुख कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठ भन्छन्, ‘नियोटेरिक नेपाल प्रालिसँगको साझेदारीबाट हामी उत्साहित छौँ । हाम्रा कम्पनीहरूको ज्ञान र अनुभवको संयोजनले असाधारण उत्पादन र सेवाहरूको विकासमा नेतृत्व गर्नेछ जसले हाम्रा ग्राहकहरू र समग्र रूपमा उद्योगलाई फाइदा पु¥याउँछ।’



Author

थप समाचार
x