अर्थ / बाणिज्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडक क्षेत्रमा सौन्दर्यीकरण गरिने

इकागज |
बैशाख २८, २०८० बिहीबार १४:१३ बजे

काठमाडौँ- सिनामंगलदेखि तिलगंगा पुलसम्मको सडक पेटीको भागमा सौन्दर्यीकरण गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रताप तिवारीले सिनामंगलदेखि तिलगंगा पुलसम्मको सडक पेटी र सँगै जोडिएको विमानस्थल क्षेत्रमा सौन्दर्यकरणको कार्य अघि बढाउने सहमति भएको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा काठमाडौँ महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सडक विभागका प्रतिनिधि बीच प्रारम्भिक छलफल भएर सडक सौन्दर्य बढाउने सहमति भएको हो ।


 

 

 


Author

थप समाचार
x