अर्थ / बाणिज्य

कति छ आज डलर-युरोको भाउ ?

इकागज |
बैशाख २९, २०८० शुक्रबार १०:८ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर शुक्रबार १७ पैसाले बढेको छ । अघिल्लो दिन अर्थात बिहीबार डलर ९ पैसाले घटेको थियो ।  

शुक्रबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसामा कारोबार भएको छ । यसअघि बिहीबार खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो ।


नेपाल राष्ट्र बैंकले शुक्रबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले घटेको हो । यसअघि बिहीबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २ पैसा कायम गरिएको थियो ।

त्यस्तै शुक्रबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६४ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ५२ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा पाइन्छ ।

यस्तै राष्ट्र बैंकले कतारी रियाल शुक्रबार एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ । साउदी अरेबियन रियाल एकको खरिददर बिहीबार ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३७ पैसा र बिक्रीमा २९ रुपैयाँ ५० पैसा पाइन्छ ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २३ पैसा तोकिएको छ।
 


Author

थप समाचार
x