अर्थ / बाणिज्य

इलेक्ट्रिक स्कुटर नै किन ?

इकागज |
बैशाख ३०, २०८० शनिबार १५:२२ बजे

काठमाडौँ - हिजोआज सडकमा थुप्रै इलेक्ट्रिक स्कुटरहरू देखिन थालेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै मानिसहरू यतातिर आकर्षित भएका हुन् । विकसित देशमा धेरै अगाडिदेखि नै विद्युतीय सवारीसाधन भित्रिएको भए पनि नेपालमा भने बिस्तारै यसको ट्रेन्ड​ सुरु हुन थालेको छ । 

इलेक्ट्रिक स्कुटरमा पेट्रोल हाल्नु पर्दैन । नेपालमा पेट्रोलियम पदार्थका लागि अरु देशसँग निर्भर हुनुपर्छ । आयातमा समस्या आउनेबित्तिकै पेट्रोलको हाहाकार हुन थाल्छ । त्यसको उत्तम विकल्प इलेक्ट्रिक स्कुटर हुन सक्छ । जसलाई विद्युतमा चार्ज गरे पुग्छ । इलेक्ट्रिक स्कुटरमा कम पार्ट्स हुन्छ । जसकारण अन्य स्कुटरभन्दा इलेक्ट्रिक स्कुटर हल्का हुन्छ । यसलाई पार्क गर्न थोरै मात्रै ठाउँ लाग्छ । साथै यो ड्राइभ गर्न पनि सजिलो हुन्छ । इलेक्ट्रोनिक स्कुटर सस्तो हुन्छ । यसलाई चलाउँदा निस्किने खर्च पनि कम निस्किन्छ । त्यस्तै, मर्मतको झन्झट समेत न्यून छ । 


इलेक्ट्रिक स्कुटरको प्रत्यक्ष र अप्रत्यक्ष धेरै फाइदाहरू छन् । यसले वातावरणलाई समेत कम हानी पुर्‍याउँछ । नेपालका ठूला सहरहरू बिस्तारै प्रदूषित बनिरहेका छन् । इलेक्ट्रिक स्कुटर चलाएर प्रदूषण कम गर्न सकिन्छ । त्यस्तै, इलेक्ट्रिक स्कुटरका लागि चार्जिङ स्टेसनको आवश्यक पर्दैन । किनभने, नेपालमा भित्रिएका सबै इलेक्ट्रिक स्कुटर सहरी यात्राका लागि मात्र उपयुक्त छन् । रातको समयमा चार्ज गरेर दिनभर कुदाउन सकिन्छ । कहिलेकाहीँ अप्ठ्यारै परेको खण्डमा मोबाइल चार्ज गर्ने स्थानमा पनि चार्ज गर्न सकिन्छ । 


इलेक्ट्रिक स्कुटरका फाइदा :

  •    पेट्रोलियम पदार्थको महंगीमा इलेक्ट्रिक स्कुटर उत्तम विकल्प हुन्छ । 
  •   अरु स्कुटरको तुलनामा इलेक्ट्रिक स्कुटर हल्का र आरामदायी हुन्छ ।
  •   इलेक्ट्रिक स्कुटर वातावरण प्रेमीहरूका लागि हो । किनभने, यो वातावरणमैत्री हुन्छ ।
  •   एकपटक चार्ज भएको स्कुटरले अन्य स्कुटर जस्तै माइलेज दिन्छ ।
  •  धेरैमा इलेक्ट्रिक स्कुटरलाई लिएर विभिन्न भ्रमहरू छन् । यो उकालो उक्लिदैन भन्ने छ । तर, इलेक्ट्रिक स्कुटरमा उकालो/ओरालो जस्तोमा पनि यात्रा गर्न सकिन्छ ।
  •  इलेक्ट्रिक स्कुटरका धेरै आकर्षक डिजाइनहरू छन् । आफूलाई उपयुक्त लागेको डिजाइनको स्कुटर चढ्न सकिन्छ । 
  •  इलेक्ट्रिक स्कुटर सानो भएकाले पार्किङका लागि थोरै मात्र ठाउँ लाग्छ । 


Author

थप समाचार
x