सुन–चाँदीको भाउ स्थिर
फाइल फोटो
काठमाडौं - नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोही मूल्यमा शुक्रबार पनि सुन किनबेच भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया