अर्थ / बाणिज्य

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा

इकागज |
जेठ १, २०८० सोमबार १९:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- साझा यातायातले थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ । साझाले सोमबारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

यसअघि परीक्षणका रूपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिँदै आएकोमा आजबाट भने थप तीन वटा सञ्चालनमा ल्याएको हो । सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजना छ । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बाँकी आगामी दिनमा थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताए ।


चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ करोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । चार्जिङ स्टेशनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बस मात्र सञ्चालित छन् । ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन् ।
 


Author

थप समाचार
x