अर्थ / बाणिज्य

‘नेपाल चेम्बर एक्स्पो २०२३’ आजदेखि काठमाडौँमा सुरु

इकागज |
जेठ ४, २०८० बिहीबार १५:३ बजे

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आज (बिहीबार)देखि काठमाडौँमा सुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरे । सो क्रममा मन्त्री भण्डारीले श्रम बजार व्यवस्थित र सुरक्षित रहन नसके उद्योगहरू विकास हुन नसक्ने बताए ।


उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने जिकिर गरे । व्यावसायिक क्रियाकलाप अभिवृद्धिका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताए ।

प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घरायसी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कूल एक सय ५० ‘स्टल’ रहेका छन् । प्रदर्शनी यही जेठ ८ गतेसम्म चल्ने चेम्बरले जनाएको छ ।


Author

थप समाचार
x