अर्थ / बाणिज्य

सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

इकागज |
जेठ ४, २०८० बिहीबार १८:३४ बजे

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा सञ्चार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

सूचना तथा प्रविधि क्षेत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घरानाभित्र पर्दछन् । दुई पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित उनी श्री गणपति ज्वेलर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन् । उनी हाल एक दर्जन भन्दा बढी व्यवसायमा संलग्न छन् ।


‘मेरो कार्यकालमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ,’ उनले भने, ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम् भूमिका खेल्नेछ ।’

यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सोरेन्स समितिको उपाध्यक्ष भई उनले सफल कार्यकाल पूरा गरिसकेका छन् ।

मनोनयनको प्रमाणपत्र वितरण गर्दै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोगसहित महासंघको छवि र प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे ।


Author

थप समाचार
x