अर्थ / बाणिज्य

सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुको विकल्प छैन : पूर्वअर्थमन्त्री पाण्डे

इकागज |
जेठ ४, २०८० बिहीबार १९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी बजेटमा चालु खर्च कटौती गर्नुको विकल्प नभएको बताएका छन् । बिहीबार काठमाडौँमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको जिकिर गरे ।

अहिले राजनीतिक पार्टीहरूले एक अर्कालाई आरोपप्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिङ्गो जहाज खतरामा पर्ने अवस्था देखिएको पनि उनले बताए । उनले अर्थमन्त्रीले सरकारसँग वित्त नीतिमा ठाउँ छैन सबै राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्नुपर्छ भन्नु अनुचित र व्यवहारिक नभएको उल्लेख गरे ।


बैंकले कर्जा दिन राष्ट्र बैंकले सक्ने पनि अर्थतन्त्र चलायमान बनाउने स्पेश अर्थमन्त्री वा सरकारसँग मात्रै भएको पाण्डेले बताए । उनले सरकार आफ्ना कमजोरी करेक्सन गर्न तयार हुनुपर्ने भनाइ राखे ।

उनले अर्थमन्त्रीले आफू भन्दा फरक राजनीतिक पृष्ठभूमिबाट आएको गभर्नरले सहयोग गर्दैन भन्ने आशय लिएको पाएको बताए ।


Author

थप समाचार
x