सम्पदा घुम्ती बस सेवा आजदेखि सञ्चालनमा
काठमाडौँ- काठमाडौँमा आज (मंगलबार)देखि सम्पदा घुम्ती बस सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरेको बस सेवाको ललितपुरको पुल्चोकमा पर्यटनमन्त्री सुदन किरातीले शुभारम्भ गरे ।
पुल्चोकस्थित पर्यटक बसपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महांकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरबार, स्वयम्भू लगायतका स्थान हुँदै पुन: पुल्चोकसम्म आउने छ । परीक्षणका रूपमा सुरु गरिएको सम्पदा यात्रा बसको यात्रा एक सातासम्मका लागि नि:शुल्क गरिएको पर्यटनमन्त्री किरातीले जानकारी दिए ।
उनले बागमती प्रदेशसम्म समन्वय गर्दै छिट्टै भाडा दर तय गरिने बताए । किरातीले सम्पदा यात्रा बस सञ्चालन गर्न पनि निकै कठिन भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
सम्पदा घुम्ती सेवा अन्तर्गत पहिलो चरणमा साझा यातायातका दुई वटा विद्युतीय बस सञ्चालन हुने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया