विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्योः अर्थमन्त्री
काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव थोक तथा खुद्रा व्यापार, निर्माण र उत्पादनमूलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचनका कारण चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेको बताए ।
उनले वस्तु आयातमा भएको संकुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना भएको बताए । अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य क्रमशः कम हुने क्रमले निरन्तरता कायम रहे मूल्यमा परेको दबाब कम हुने अपेक्षा सरकारको रहेको बताए । उनले गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अवलम्वन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताए ।
उनले मुलुकको शोधानान्तर स्थिति वचतमा रहेको भन्दै विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको दाबी गरे । उनले पर्यटन आगमनमा पनि उल्लेखनीय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको बताए । उनले संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको बताए । अर्थमन्त्री डा. महतले कुुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको बताए ।
उनले भने, ‘२०२३मा विश्व आर्थिक गतिविधिमा सुस्तता आई सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । अन्तर्राष्ट्रिय परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २.१६ प्रतिशत अनुमान छ । वस्तु आयातमा भएको संकुचन समस्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आई स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना हुन गएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थ लगायत खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिको कारण चालु आर्थिक वर्षको शुरुवातमा आयातित वस्तुको साथै समग्र मूल्य स्तरमा दबाब सिर्जना भएको छ । खास गरी पेट्रोलियम वस्तुको मूल्य क्रमशः कम हुँदै गएको र सोको निरन्तरता कायम रहेमा मूल्यमा परेको दबाब कम हुने अपेक्षा गरेको छु । गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अबलम्बन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनारावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप वाह्य क्षेत्र सन्तुलनमा सुधार भएको छ । सोधानान्तर स्थिति वचतमा रहेको छ । विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको छ । पर्यटन आगमनमा पनि उल्लेखिय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको छ । संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको छ । कुुल जडित विद्युत क्षेमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया