अर्थ / बाणिज्य

आजको विनिमयदर : डलर १३२, युरो १४२

इकागज |
जेठ १५, २०८० सोमबार ९:१३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
  
आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३ पैसा रहेको छ। 


बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३१  रुपैयाँ रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा पुग्दा साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३१रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ  छ भने बिक्री दर १० रुपैयाँ  १ पैसा रहेको जनाएको राष्ट्र बैंकले क्यानेडियन डलर १ को खरिददर ९६.९६ र बिकी दर ९७.२७ तोकेको  छ ।


Author

थप समाचार
x