आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् ।
त्यस्तै इन्धनबापत रकम नै प्रदान गरिने व्यवस्था बजेटमा गरिएको उनले बताए । त्यस्तै सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनका लागि सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ठ नगद नै वितरण गर्ने पनि अर्थमन्त्री महतले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया