अर्थ / बाणिज्य

सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्नेले टेलिभिजन ल्याउँदा कर नलाग्ने

इकागज |
जेठ १५, २०८० सोमबार १९:३१ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फर्किँदा टेलिभिजन ल्याउँदा कर नलाग्ने बताएका छन् ।

उनले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने पनि बताएका छन् ।


स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आबद्धता गरी करका आधार विस्तार गर्दै लगिने उनले बताए । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य गर्दै लगिने उनले बताए ।


Author

थप समाचार
x