Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

अर्थ / बाणिज्य

सरकारले ल्याएको बजेटबारे व्यवसायीकाे प्रतिक्रिया : कार्यान्वयनमा ध्यान दिनुपर्ने

इकागज |
जेठ १५, २०८० सोमबार २०:४९ बजे

काठमाडौँ- सरकारले ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने निजी व्यवसायीहरूले बताएका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट भाषण राम्रो रहेको र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

उनले अहिले आएका विषयहरूका विषयमा थप अध्ययन गरेर प्रतिक्रिया दिने धारणा राखे ।


त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले वितरणशील जस्तो देखिएको र मुलुकको अर्थतन्त्र सुधारका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक क्षेत्रका लागि बजेट राम्रो आएको बताए । उनले बजेट कार्यान्वयन भए आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x