सरकारले सांसद विकास कोष ब्यूँताउन खाेजेकाे हाेइन : अर्थमन्त्री महत
काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सांसद विकास कोष ब्यूँताउन नखोजेको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताएका हुन् ।
उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनौट गर्ने मात्रै भएको जिकिर गरे । त्यस्तै उनले आफ्नो क्षेत्रमा आवश्यक आयोजनाका बारेमा सांसदहरूलाई नै बढी जानकारी हुने भएकाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको जिकिर गरे ।
मन्त्री महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको भन्दै यसको कार्यान्वयनमा आशंका नगर्न आग्रह गरे । बजेटका माध्यमबाट पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रकृयालाई प्रभावकारी बनाइने उनले बताए ।
मन्त्री महतले राजस्व नीतिमा व्यापक सुधार गरेको दाबी गर्दै कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी काम नगरेको जिकिर गरे ।
उनले नीतिका व्यवस्था कार्यान्वयनमा समन्वय हुने गरी मौद्रिक नीति आउने जानकारी दिए । बजेटको ध्येय विद्युतीय सवारी साधनलाई निरूत्साहित गर्ने नभएको भन्दै व्यवस्थित गर्न मात्रै खोजिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया