यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
फाइल फोटो
काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ २८ पैसा र बिक्री दर १६४ रूपैयाँ ०२ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९३ रुपैयाँ कायम गरिएकाे छ ।
राष्ट्र बैंकका अनुसार क्यानेडियन १ को खरिददर ९६.७४ र बिकी दर ९७.१८ कायम हुदाँ साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर ९० रुपैयाँ पुगेकाे छ ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७४ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया