अर्थ / बाणिज्य

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

इकागज |
जेठ २६, २०८० शुक्रबार ६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बस्नेछ । 


आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् । 


Author

थप समाचार
x