सुनचाँदीको भाउ बढ्यो
काठमाडौँ- बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ थियो भने शुक्रबार बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै यसअघि प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
यता चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँ बढेको महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेकोमा यो दिन बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया