बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण : तपाईँलाई '२०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने ?’
काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ । शुक्रबार प्राधिकरणले शाहलाई सात दिन भित्रमा लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।
महानगरका प्रहरीले बिहीबार प्राधिकरणको क्षेत्रमा प्रवेश गरी फेन्सिङ तारवार काटेका थिए । प्राधिकरणका कर्मचारीलाई अटेर र जबरजस्ती गरी नगर प्रहरीले तार काटे ।
प्राधिकरणका कर्मचारीले कानुन विपरीत कार्य गरेकाले उनीहरूलाई पत्र माग्दा नगर प्रहरीसँग पत्र मागेका थिए । नगर प्रहरीले नगर प्रमुख शाहको आदेशमा तारवार काटेको जवाफ दिएका थिए ।
प्राधिकरणले सोधेको स्पष्टीकरणमा बताइएको छ, 'तारवार फेन्सिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईँलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसूरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने ?’
प्राधिकरणले बिहीबार प्रमुख शाहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । लिखित स्पष्टीकरण पेस नगरेमा कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया