अर्थ / बाणिज्य

अबदेखि विभागबाट ६६ पृष्‍ठको राहदानी १२ हजारमा पाइने

इकागज |
असार १, २०८० शुक्रबार १६:३२ बजे

काठमाडौँ- राहदानी विभागले ६६ पृष्ठको राहदानीको मूल्य परिवर्तन गरेको छ । विभागले सूचना जारी गरी विदेशस्थित नियोग, ७७ वटा जिल्ला प्रशासन कार्यालय र राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयलाई ६६ पृष्ठको राहदानीको मूल्य ३४ पृष्ठको सरह लागू गराएको बताएको छ ।

यसअघि विभागले ६६ पेजको राहदानीको मूल्य २० हजार र जिल्लाबाट १० हजार रुपैयाँ लिने गरेको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।


'अबदेखि सेवाग्राहीले विभागबाट ६६ पृष्ठको राहदानी लिँदा १२ हजार र जिल्लाबाट लिँदा ५ हजार दस्तुर तिर्नुपर्छ,’ उनले भनिन् । उनका अनुसार नयाँ दस्तुर आइतबार देखि लागू हुनेछ । राहदानीको अन्य दस्तुर भने परिवर्तन भएको छैन ।

विभागका अनुसार गत जेठ २४ गते मन्त्रिपरिषदको बैठकले राहदानी नियमावली २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरिएको हो ।


Author

थप समाचार
x