अर्थ / बाणिज्य

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नका लागि आयातित कृषिवस्तुमा कर : अर्थमन्त्री

इकागज |
असार ४, २०८० सोमबार १८:२९ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नका लागि आयातित कृषिवस्तुमा कर लगाइएको बताउनुभएको छ । रोल...........

सोमबार विराटनगरमा मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आन्तरिक उत्पादन बढाउँदै आयातित वस्तुको प्रयोगलाई न्यूनीकरण गर्नका लागि आयातित कृषिवस्तुमा कर लगाइएको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रमा समस्याहरू रहेको भन्दै अर्थतन्त्र सुधारका लागि गरिएका प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पारे ।


अहिलेको अवस्थामा पुँजीगत खर्चलाई बढाउनुपर्ने आवश्यकता रहेको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । पूर्व-पश्चिम विस्तार सडक र उत्तर–दक्षिणको सडक निर्माणले पूर्वी क्षेत्रको कायापलट हुने विश्वास रहेको उनको भनाइ छ ।

उनले अहिलेको प्रणालीलाई रूपान्तरण गर्ने गरी इमान्दारीपूर्वक बजेट तयार गरेको उल्लेख गरे ।


Author

थप समाचार
x