अर्थ / बाणिज्य

कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने

इकागज |
असार ७, २०८० बिहीबार १५:१४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।​ बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।


पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ देखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौँ महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी बाधा पुर्याएपछि कानुनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न सहमत दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए । उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताए ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौँ महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो । 


Author

थप समाचार
x